ओली पक्षमा दमकमा कोणसभा

0
393

दमक/ झापाको दमकमा आज सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरुले ओलीले संसद विघटन गरेको समर्थनमा कोणसभा गरेका छन ।

राष्ट्रिय यूवा संघ नेपाल, अनेरास्ववियूको अगुवाईमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरुले कोणसभा गर्दै ओलीले चालेको संसद विघटनको कदम आवश्यकता भएको तर्क गरे । उनीहरुले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरु देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताए ।

सो अवसरमा युवा संघ अनेरास्ववियुका केन्द्रिय सदस्य डम्बर अधिकारी, युवा संघ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here