संसद विघटनको तीन दलले संयुक्त प्रतिवाद गर्ने

0
176

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरेका छन् ।

नेकपाकै पहलमा आज कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरे जसपाका कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।

उनले भने, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो, प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक, निरंकुश रहेको ठहर गरियो ।’

संसद् विघटनका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको उनले जानकारी दिए ।

बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका थिए।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र डा. मीनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here