पाथीभरा एफ आज बाट१५ औं वर्षमा प्रवेश

0
386

दमक / झापाको दमकमा सन्चालनमा रहेको  पाथीभरा एफ. प्रालि आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष ५ गतेबाट शुभारम्भ गरी आफ्नो प्रशारण सुरु गरेको यस एफ एमले १४ औं वसन्त पार गर्दै आजबाट १५ औं वर्षमा प्रवेश गरेको हो ।

नेपाल सरकारका तत्कालिन परराष्ट्र मन्त्री तथा हालका सम्मानीत प्रधानमन्त्री केपी शर्मा ओली बाट एफ एमको प्रशारण उद्घाटन गरिएको थियो । यस एफ एम १५ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा अध्यक्ष बलराम पराजुलीले सम्पुर्ण शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोता, संचारकर्मी, मानव अधिकारवादी, शुभचिन्तक सबै राजनैतिक दल विभिन्न संघ संस्थालाई सहयोग तथा अटुट मायाका लागि धन्यबाद ज्ञापन गर्नुभएको छ । साथै आगामी दिनहरुमा पनि यस्तै माया साथ अनि सहयोगको अपेक्षा समेत पराजुलीले गर्नुभएको छ ।

त्यस्तै एफ एम का प्रबन्ध निर्देशक राजेन्द्र चौलागाईले स्रोताको चाहना लाई मध्यनजर गर्दै थप नयाँ कार्यक्रमहरु ल्याउने जनाउनु भएको छ । पूर्वाञ्चलकै पहिलो १००० वाट क्षमताबाट प्रसारण विस्तार गरेको यस एफ.एममा स्रोताको चाहना अनुसार बिबिसी, उज्यालो संगै आफ्नै ६ वटा न्युज बुलेटिनहरु प्रसारण गर्दै आइरहेको छ ।

साथै अन्य मनोरञ्जनात्मक , शिक्षामुलक र चेतनामुलक कार्यक्रमहरु समेत प्रसारण भईरहेका छन् । यस एफ एमले मुर्तीडाँडामा रिपिटर टावर राखेर आफ्नो प्रशारण क्षमतालाई प्रदेश नम्बर १ का सम्पुर्ण जिल्ला तथा भारतको दार्जिलिङ, सिक्किम तथा भुटान आसपासका केही भु–भागमा समेत आफ्नो प्रशारण दिदै आईरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here