मेची नेत्रालयद्वारा दमकमा पहिलो पटक आँखाको पर्दा सम्बन्धी सल्याक्रिया सुरु

0
313

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान गर्न सुरु गरेको हो ।

वि.सं. २०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी विगत २३ वर्षसम्म झापाको विभिन्न ठाउँमा रही आखाँ बिरामीहरुको उपचार सेवामा निरन्तर लागिरहनु भएका डा. राईको टोलिले दमकमा पहिलो पटल अत्याधुनिक प्रविधिद्वारा कम्प्यूटर प्रविधिबाट सल्यक्रिया सेवा सुरु गरेको हो ।

आज पहिलो दिन ५ जना मोतिबिन्दु र १ जना आँखाको ढकनि गरि जम्मा ६ जनाको सल्यक्रिया भएको डा. राईले बताउनुभयो ।

प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा सुरु भएको हो । गत आइतबार देखि सुरु भएको सो सेवा बिहिबारबाट सल्यक्रिया सेवा समेत सुरु भएको अस्पताल प्रशासक प्रमुख पुनम प्रधानले बताउनुभयो ।

सुगर, पेसर, बढि उमेर भएका मानिस र चोट लागेर आँखाको पर्दा च्यातिएमा आँखाको रेटिना सम्बन्धी समस्याहरु बढि मात्रामा आउने गरेको डा.राईले बताउनुभयो ।

मेचीनगरकाे काकरभिट्टा देखि साे सेवाहरू प्रदान गर्दै आएकाे मेची नेत्रालयले अब अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाकाे पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू दमकबाट पनि प्रदान गर्ने भएकाे छ ।

आँखाको जटिल उपचार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here