पत्रकार कुटिएको प्रति महासंघको आपत्ति

0
347

मंसिर १७ झापा / झापाका पत्रकारहरुमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ र पत्रकार जन्य संघ संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघ झापा शाखा अध्यक्ष तारामणी सापकोटासहित जिल्लास्थित प्रेस संगठन , नेपाल प्रेस युनियन , मिडिया नेपाल, प्रेस नेपाल र नारी सञ्चार गृहको नेतृत्वले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुमाथि तत्काल कानुनी कारवाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन ।
गत मंगलबार मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई रु १०,०००/- (दश हजार) घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहमाथि हुलहुज्जत गरी क्यामेरा खोस्नुका साथै कुटपिट भएको थियो ।
त्यसअघि मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको रु ५०,०००/- (पचास हजार) घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गरी क्यामेरा खोसेका थिए ।
महासंघले पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यि दुबै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी ईन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई समेत अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएपनि प्रहरी प्रशासनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति पनि विज्ञप्तीमा आपत्ति प्रकट गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here