दमकमा १ करोढ बढीकाे लागतमा झोलुङगे पूल बन्दै – प्रदेश अावाज

0
421

दमक/ दमक ३ र मोरङको मिक्लाजुङ ८ लाई जोडन मावा खोलामा यसैबर्ष १७० मिटर लामो झोलुङगे पूल निर्माण हुने भएको छ ।
दमक ३ को दुधे ढुंगेमा सो पूल निर्माणका लागि हिजो शिलान्यास गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र दमक ३ का वडाध्यक्ष नबिन बरालले सो पूलको शिलान्यास गरेका हुन ।

वडाध्यक्ष बरालले सो पूल निर्माणका लागि जगदम्बा, रुजन र युनिकन जेभीले सम्झौता गरेको जनाइएको छ । गत श्रावण १ देखि १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सो जेभीले निर्माण सम्झौता गरेको जनाइएको छ । झोलुङगे पूलका लागि कूल १ करोढ ९० लाख ५६ हजार रुपैयाँ विनियोजन भई ठेक्का सम्झौता भएको जनाइएको छ । पूल निर्माणपछि दमक र मोरङ तथा दक्षिणी इलामलाई जोडन सहज हुनेछ । यसले दमकको मात्रै नभएर पूर्वी पहाडको विकासमा नै योगदान पुग्ने नगर प्रमुख रोमनाथ ओलीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here