आज २०७७ साल मंसिर ५ गते शुक्रबारको राशिफल

0
333

आज २०७७ मंसिर ५ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ योजना सुरू गर्ने सोचमा हुनुहुन्छ भने अहिले नगरेकै राम्रो । काम विगार्नेहरू सक्रिय हुनेछन् । कुनै पनि काम गोप्य ढंगले गर्दा उत्तम होला । खर्च बढ्नेछ । शरीर भारी भएको महशुष हुनेछ । उत्तरार्धपछि भने साथिभाईसँगको भेटले उमंग छाउला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध मध्यम रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ । शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

स्वास्थ्य प्रतिकूल हुनेछ । अनाव्यकरूपमा खर्च बढ्नेछ । सोचेको काम अघि नबढ्दा दिक्दारी लाग्नेछ । मन चञ्चल हुनेछ । कुनै पनि काम गर्नअघि सोचविचार र गोप्य ढंगले गर्नु होला । मुद्दा मामिला आइलाग्ला । सरकारी निकायको भय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहजै कार्य सम्पादन हुनेछ । मुद्दा मामिलामा सफलता प्राप्त होला । विशेष उपहार प्राप्तिको योग छ । घरमा पाहुनाको आगमन पनि हुन सक्नेछ । मिष्ठान्न भोजनको अवसर छ । धर्म,कर्ममा मन लाग्नेछ । सामाजिक पदप्रतिष्ठापनि प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा भने खटपट हुन सक्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here