काेराेनाका कारण धिमालहरूकाे महाधिवेशन प्रभावित, सल्लाहकारहरू प्रति नेतृत्वको आपत्ति

0
499

दमक/ धिमाल जातीय विकास केन्दको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण प्रभावित भएको छ । केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गरी कार्तिक १३, १४ र १५ गते दमकको रोयल पार्टी प्यालेसमा गर्ने तय भएको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण स्थगित भएको जनाएको हो ।

संस्थाका अध्यक्ष तेजबहादुर धिमालले अहिलेको बिषम परिस्थितिमा महाधिवेशनको अन्तीम तयारी हुदा हुदै पनि सुरक्षाकर्मी र सहभागि हुनुपर्ने प्रतिनिधिहरूकै आग्रहलाई मध्यनजर गर्दै अर्को निर्णय नभए सम्मका लागि महाधिवेशन स्थगित गर्नुपरेको बताए ।

सो पार्टी प्यालेसमा महाधिवेशनका लागि कतिपय सहभागि प्रतिनिधिहरू आउदै गर्दा सहभागिको संख्या २५ भन्दा धेरै भएको सूचना स्थानीय प्रहरी प्रशासनमा पुगेपछि औपचारिक रूपमै महाधिवेशन स्थगित गर्नुपरेको उनको भनाई छ । महाधिवेशन स्थगित भएपछि संस्थाका सल्लाहकारह?को एक समुहले आफनो नेतृत्वको कार्य समितिलाई असक्षम र अयोग्यको बिल्ला भिराउने प्रयास गरेको प्रति भने संस्थाका नेतृत्वकर्ताहरूले आपत्ति जनाएका छन । परिस्थितिको गाम्भिर्यतालाई नबुझि सल्लाहकारह?ले जुन कदम चाल्नु भएको छ त्यो दुखद बिषय हो – केन्द्रका महासचिव केदार धिमालले भने ।

केन्द्रय सल्लाहकारहरू ५ जनाको नाम नै किटेर सो संस्थाले २०५३ सालमा जस्तै संस्थालाई निकम्मा बनाउन खोजिएको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ । २०७३ सालमा विर्तामोडमा भएको संस्थाको महाधिवेशनबाट ३ बर्षका लागि निर्वाचित गरेको आफूहरूसहितको कार्यसमिति भंग भई महाधिवेशन आयोजक समिति समेत गठन भइसकेको अवस्थामा कार्यसमिति माथि असक्षमता र अयोग्यताको बिल्ला भिराइनु खेदजनक भएको महासचिव केदार धिमालले बताए ।

सो संस्थाको महाधिवेशनका लागि विधान अनुसार झापासहित चार जिल्लामा रहेका १०३ टोलका करिब ४ सय प्रतिनिधिह? सहभागी हुनुपर्नेमा अहिले २५ जना भन्दा बढी संख्यामा मानिसहरू भेला भएर गरिने काम कार्यक्रमह?मा प्रशासनद्धारा रोक लगाइएको कारण महाधिवेशन गर्न असम्भव हुने जिकिर नेतृत्वकर्ताह?को छ । केन्द्रका नेतृत्वले यथाशक्य छिटो अहिलेका मुख्य चाडपर्वहरू मनाई सकेपछि महाधिवेशन मूल आयोजक समितिको बैठक बसेर समस्याका बिषयमा छलफल गर्ने र महाधिवेशनको प्रकृया चलाइने पनि स्पष्ट पारेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here