दमकमा २ सय ५० जनाले जिते कोरोना,उच्च गतिमा संक्रमितको संख्या बढ्दै लक डाउन गर्न माग

0
748

दमक/झापाको दमकमा कोरोना संक्रमणको दर उच्च गतिमा बढेको छ । निजी स्वास्थ्य संस्था मार्फत समेत कोरोना परिक्षण गर्न शुरु भएसंगै परिक्षणको दर बढेको र संक्रमितको संख्या पनि उच्च देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल सम्म दमकमा कोरोना संक्रमणका कारण एक जना पूर्व स्वास्थ्यकर्मीसहित १९ जनाको मृत्यु भएको तथ्याङक रहेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । संक्रमितको संख्या हिजो सम्ममा ४१९ पुगेको छ ।

आज पनि थप ३०– ४० जना नया संक्रमित पहिचान हुने क्रममा रहेको जनाइएको छ । दमकमा संक्रमित मध्ये ४० जना जति स्वास्थ्यकर्मी मात्रै रहेका छन । कूल संक्रमित मध्ये दमकका २५० जनाले अहिले सम्म कोरोना जितेका भट्टराईले बताए ।

यसैबीच दमकमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सुरक्षाका लागि तत्काल बन्दाबन्दी अर्थात लकडाउन गर्नुपर्ने माग समेत उठेको छ । दमकका कतिपय व्यवसायी तथा राजनीतिक , सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत दमकमा तत्काल लकडाउन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । यता नगरपालिकाका जनप्रतिनिधि र ब्यवसायीक संघका प्रमुख र राजनितिक दलका प्रतिनिधि हरुको यस बियसमा छल छलफल सुरु भएको दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here