बाल आश्रममा दशै मिलन कार्यक्रम

0
577

झापा, झापाको दमकमा रोटरी क्लब अफ दमक र रोट्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा बिहिबार दमक ८ मा रहेको अनाथ बालबृद्व आश्रममा दशै मिलन कार्यक्रम गरेको छ ।

आश्रममा रहेका १२ जना बालबालिका र तिनको संरक्षणमा खटिएका दुई जना सहयोगलाई एक एक जोर नयाँ लुगा वितरण गरेर यसपालिको दशै मिलन कार्यक्रम गरिएको रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब दमक अध्यक्ष शान्ता ढकाल निवर्तमान अध्यक्ष सन्दिप चापागाईं रोट्याक्ट क्लब दमकका अध्यक्ष दधिराम ढकाल,पानस अधिकारी दिपेश रिमाल र सन्दिप बरालको उपस्थिति रहेको थियो।

कोबिड १९ का कारण ठूलो कार्यक्रम गरि खुशियाली साटासाट गर्न नपाएपनी आश्रममा रहेका बालबालिका संग दशै मनाइएको उनले बताए।

दमकमा रहेर विविध सामाजिक कार्य गर्दै आइरहेको रोटरी रोट्याक्टले यो बर्ष सयरङ दमक आमा सक्नु हुन्छ, गाउँमा लाइब्रेरी जस्ता महत्त्वपूर्ण कार्यक्रमहरु गर्दैछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here