क्लब हिमालयन टाईगरको सजिलो सर्भिस मार्टको सेवा सुरु

0
1019

दमक, ७ कार्तिक/ झापाको दमक ८ मा सजिलो सर्भिस मार्ट संचालनमा आएको छ ।

दमकमा रहेर सामाजिक काममा सकृय रहेको क्लब हिमालयन टाईगर अन्तरगर्त रहेको हिटा बिजनेस ग्रुपले दमक ८, किरात चौकको विकास मार्गमा सजिलो सर्भीस मार्टको सेवा सुरु गरेको छ ।

मार्टको आज दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र र दमक नगर खेलकुद विकास समिति तथा दमक ८ का वडा सदस्य भिमराज चम्लगाईले संयुक्त रुपमा उद्धाटन गरेका छन् । दैनिक उपभोग्य सामानको थोक तथा खुद्रा बिक्री गर्ने उधेश्यले खोलिएको सजिलो सर्भिस मार्टले चाडै अनलाई सपिङ सहित होम डेलिभरीको सेवा सुरु गर्ने क्लब हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भन्डारी बताए ।

क्लबका ३६ जना सदस्य मिलेर खोलिएको मार्टमा सदस्यहरुले २५ हजार देखी १ लाख सम्म लगानी रहेको भन्डारीले बताए । मार्टको उद्घाटन गर्दै दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र दमक नगर खेलकुद विकास समिति अध्यक्ष तथा दमक ८ का वडा सदस्य भिमराज चम्लगाईले युवा हरु मिलेर सामाजिक कार्य सगै मार्ट संचालनमा ल्याएकोमा बधाई दिदै सफल्ताको शुभकामना दिएका थिए ।

समाजिक सेवामा सकृय रहेको क्लब हिमालयन टाईगरले सेवा मुलक काम गर्नको लागि मार्ट बाट कमाएको नाफाको ५ प्रतिशत क्लबमा जम्मा गरिने र अन्यक्षेत्रमा क्लब सगै मार्ट पनि बिस्तार गरिने योजना रहेको क्लब हिमालयन टाईगरका उपाध्यक्ष जे बिमलीले जानकारी दिए ।

मार्ट उद्घाटन कार्यक्रममा हिमालयन टाईगरका अध्यक्ष रेवत चन्द्र भन्डारी, उपाध्यक्ष जे बिमली,दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा क्लब हिमालयन टाईगरका संस्थापक सदस्य राजु खड्का, स्थानियवासी , क्लब हिमालयन टाईगरका सदस्य बिसाल सेडाइ, दिपक सुबेदी, भरत दाहाल, मोहन गौतम, राजिव शर्मा, राजन लुइटेल लगायतको उपस्थिती रहेको

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here