मन्त्रिपरिषद पुनर्गठन, पोखरेलको रक्षा मन्त्रालय खोसियो, पौडेललाई अर्थ, सञ्चारमा आए गुरुङ

0
610

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहेका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । डा. युवराज खतिवडाले राजिनामा दिएसँगै अर्थ मन्त्रालय रिक्त रहेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय ओली आफैले राखेका छन् ।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पार्वत गुरुङलाई महिला बालबालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा लगिएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here