मृगौला पीडित सानुसालाई दमक नगर समितिकाे सहयाेग

0
364

दमक, २५ असाेज । दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समितिले सहयोग रकम हस्तान्तरण गरेको छ । अभियान समितिका संयाेजक आकाश ताङहाङ लिम्बु सहितकाे टाेलीले लावतीलाई २ लाख १२ हजार ६ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

लावतीको उपचारका लागि आवश्यक रकम संकलनका एक अभियान समिति गठन गरि सहयाेग रकम संकलन गरिएकाे थियाे । विभिन्न व्यक्तिहरूबाट संकलित साे सहयाेग रकम मृगाैला राेगि सानुसा लावतीलाई हस्तान्तरण गरिएकाे हाे ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systematic Lupus Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटल विराटनगरमा उपचार गराइरहेकी छिन् ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

हालसम्म संकलित रकम बिरामीलाई बुझाइएकाे समितिका संयाेजक आकाश ताङहाङ लिम्बुले बताए । सहयाेग रकम हस्तान्तरण गर्दै लिम्बुले भने– सहयाेग रकम अझै पनि उठ्ने क्रम जारी रहेकाे र बाँकि उठ्ने रकम पुनः पछि हस्तान्तरण गर्नेछाै ।

लावतीकाे उपचारका लागि विद्यार्थीहरूबीच छलफल गरि एक अभियान समिति बनाएर अभियान संचालन गरिएकाे अभियान समितिका सदस्य सुनिल राई बताए । सामाजिक सञ्चाल मार्फत सहयाेग अपिल गरि सुरू गरिएकाे अभियानलाई सहयाेग गर्ने सम्पूर्ण सहयाेगि व्यक्तिहरू प्रति धन्यवाद व्यक्त गरे ।

सहयाेग रकम हस्तारन्तरण गर्नका लागि अभियान समितिका संयाेजक आकाश ताङहाङ लिम्बु, सदस्यहरू सुनिल राई, मिना नेम्बाङ, नैना चाम्लिङ राई साथै गगन लावती, जीतेन राईकाे उपस्थित रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here