धरानमा कोरोनाले थप तीनको मृत्यु

0
217

धरान, २५ असाेज /  यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनलाई मिर्गाैलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको शव व्यवस्थापन नेपाली सेना गरेकाे सहप्रवक्ता श्रेष्ठले जानकारी दिए  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here