सरकारकाे लापरवाही विरुद्ध खबरदारी, झापामा २२ गते मोटरसाईकल र्याली

0
247

दमक /झापामा ओली सरकारको बेतिथि र चरम लापरवाहीविरुद्ध खबरदारी गदै जनता समाजबादी पार्टीका युवाहरुले बृहत मोटरसाईकल र्याली निकाल्ने भएका छन् ।

जनता समाजबादी पार्टी सम्बद्ध युवा सङ्गठन झापाको आयोजनामा दुई तिहाई मत लिएर पनि जनताको अभिमतलाई वेवास्ता गर्दै भ्रष्टाचार ,कालोबजारी ,अपहरण ,हत्या हिंसा ,करणी जस्ता जघन्य अपराध नियन्त्रण गर्न खबरदारी गर्दै यहि अशोज २२ गते झापाको दमकदेखि काँकड्भिट्टासम्म र्याली आयोजना गरिएको पूर्व समाजबादी पार्टी नेपाल झापाका अध्यक्ष तथा बृहत र्यालीका संयोजक महेन्द्र कटुवालले बताए ।

शान्तिपूर्ण सो र्याली दमकमा कोणसभा गर्दै शुरु भई काँकड्भिट्टामा पुगेर कोणसभामा परिणत हुने कटुवालले जानकारी दिए । ओली सरकार राज्यका हरेक निकायहरुमा दलीयकरण र दलीय भागभण्डामा रमाईरहेको र कोरोना भाईरसको महामारीमा जनता मृत्यु र भोगसँग लडिरहेको अवस्थामा कुनै जनतामुखी कार्यक्रम ल्याउन असफल भएको युवाहरुको आरोप छ ।

र्यालीको बारेमा सोमबार दमकमा आयोजित पत्रकार सम्मेलनमा पूर्वसमाजबादी पार्टीकानिकट युवा संघका महासचिव पवन बिष्टले ओली सरकार भ्रष्टाचार ,कालोबजारी ,अपहरण ,हत्या हिंसा ,करणी जस्ता अपराध अत्य गर्न असक्षम भएको आरोप लगाए ।

उनले रेशम चौधरीको रिहा ,डा. गोबिन्द केसीका जायज माग सम्बोधन गरी अनशन तोडाउन ,एमसिसि खारेज लगायतका माग राख्दै र्याली कार्यक्रमको आयोजना गरिएको बताए । पुर्व राजपाकानिकट युवा संगठन प्रदेश १ का संयोजक रोशन लिम्बुले जनताका आधारभुत आवश्यकता स्वास्थ्य ,शिक्षा र रोजगारीबारे केही ठोस योजना सरकारले ल्याउन नसकेको बताए ।

कोरोनाको महामारीमा त झन्् जनता भोकभोकै परेको र सरकार मोजमस्तीमा रमाईरहेको आरोप लगाए । उनले किसान ,मजदुर,साना ब्यवसायीहरुको आर्थीक ,सामाजिक सुरक्षा र युवाहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरे । सो मोटरसाईकल र्यालीमा ३०० युवाहरुको सहभागिता रहने कार्यक्रम संयोजक कटुवालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here