दमकबाट लागूऔषध ब्राउन सुगरसहित महिला पक्राउ

0
8879

झापा, असाेज १९   /  लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको दमकबाट आज एक जना महिलालाई पक्राउ गरेको छ । ३५ ग्राम ब्राउन सुगरसहित दमक–९को दीपज्योति टोलमा बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारी पक्राउ परेकी हुन् ।

चौधरीको कोठाबाट कारोवार हुने गरेको सूचनाका आधारमा घटनास्थल पुगेको दमक प्रहरीको टोलीले छापा मारेर ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले पलङमुनि पाँच वटा प्लाष्टिकको पोका बनाएर राखिएको अवस्थामा चौधरीको कोठाबाट उक्त परिमाणको ब्राउन सुगर बरामद भएको जानकारी दिए ।

  प्रहरीले चौधरीको कोठाबाट ७४ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरेको छ । उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here