दमकमा खुल्याे विरजरा, अब कपडा किन्न भारत जानु नपर्ने

0
9880

दमक। झापाको दमकमा विरजरा संचालनमा आएको छ ।  शनिबार दमक ६ स्थित दमक मलमा विरजरा स्टाेरको  दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका छन् ।

शशी मण्डलले संचालनमा ल्याएको सो पसलमा नेपाली महिलाहरुले प्रयोग गर्ने सबै प्रकारका ब्राण्डेड कपडाहरु पाइने संचालक मण्डलले जानकारी दिइन् । उनले अब  नेपाली दिदि बहिनीहरु भारतको जोगबनी र सिलिगुडी गइरहनु नपर्ने भन्दै सबै सामान यहि उपलब्ध हुने बताउदै विरजराले पछिल्लाे प्रबिधि र युवा पुस्ताकाे मागलाइ ध्यानमा राखेर अललाइनकाे माध्यम बाट नेपाल भरी अाफ्नाे  बित्रि सेवा सुरू गरीएकाे  संचालकले मण्डलले जानकारी दिइन् ।

त्यस्तै उद्घाटन पछि शुभकामना मन्तब्य राख्दै बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बन्दाबन्दीले व्यापारी व्यवसायीहरु मारमा परेको अबस्थामा पनि नेपालीहरु जोगबनी र सिलिगुडी जानुपर्ने बाध्यता हटेको भन्दै विरजराको सफलताको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै दमक मलका संचालक रेवत बस्नेतले विरजरामा पाइने सामान जोगवनी र सिलिगुडीको भन्दा महंगो नहोस भन्दै दमकको दमक मललाई नै रोजेकोमा विरजराको सफलताको शुभकामना ब्यक्त गरे । उनले ग्राहकको मन जित्न विरजराले सकोस भन्दै शुभकामना  दिए ।

कार्यक्रममा बाणिज्य संघका कार्य समिति सदस्य दिनेश सुबेदी, असिम राइ स्थानिय व्यवसायी लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रम दमक उद्योग बाणिज्य संघका प्रथप उपाध्यक्ष राजु खड्काले संचालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here