दमकमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९ पुग्यो

0
742

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै दमकमा कोरोना संक्रमितको संख्या १७९ पुगेको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिकाका थप संक्रमितको संख्या आज जिल्लामा पठाइएको र आजको संक्रमित संख्यासँगै दमकमा संक्रमितको संख्या १७९ पुगेको हो । मेची अञ्चल अस्पतालबाट आज ७ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको र नोबेल अस्पताल विराटनगरबाट ६ जना, कोशीबाट २ जना र धरानबाट १ जनामा पोजेटिभ देखिएको रिपोर्ट आएको भट्टराईले जानकारी दिए ।

दमकका संक्रमितमध्ये १५५ जनाले कोरोना जितिसकेको पनि भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले २३ जना उपचाररत रहेका छन् । जसमा धरानमा १ जना, दमककै विज्ञान पार्कको भबनमा १ जना, होम आइसोलेसनमा २० जना र आम्दा अस्पतालमा १ जना उपचाररत रहेका छन् । हिजो मात्र एक संक्रमितको मृत्यु भएको थियाे ।

अहिले सम्म दमकका २ जनाको मृत्यु भएपनि एक जना काठमाण्डौमा उपचारका क्रममा कोरोना पुष्टि भई मृत्यु भएकाले उनको तथ्यांक दमकको संक्रमितको संख्यामा नभएको पनि भट्टराईले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here