निजी प्रयोगशालाले ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन नगरे स्वीकृति खारेज

0
314

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको ‘पीसीआर’ परीक्षणको शुल्क समायोजन गर्न निजी प्रयोशालाहरुलाई २४ घन्टाको समय दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएर परीक्षण गर्दै आएका आठओटा निजी प्रयोगशालाले शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालालाई निर्देशन दिएको बताए।

उनले बढी शुल्क लिने प्रयोगशालाहरुलाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वाणिज्य विभागलाई निर्देशनसमेत दिएको बताए ।

डा. गौतमले पीसीआर परीक्षणको स्वीकृति नलिएका प्रयोगशालाहरुले पनि नमुना संकलन गर्ने र सहजीकरण गर्ने गरेको पाइए कारबाही गर्नसमेत निर्देशन दिएको बताए।

सरकारले गएको भदौ २८ गते अन्तर्राष्ट्रिय बजारमा नै पीसीआर परीक्षण गर्दा आवश्यक पर्ने रिएजेन्ट किट र अन्य आवश्यक सामग्रीको मूल्य घटेको भन्दै परीक्षण शुल्क अधिकतम् दुई हजार रुपैयाँ कायम गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here