दमकमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0
488

दमक, १३ असाेज । झापाको दमकका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकबाट पठाइएको ९६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाएकाेमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईका बताए ।

संक्रमितहरुमा सुन व्यापारी, यातायात व्यवसायी र एक स्वास्थ्यकर्मीका श्रीमान रहेका छन् । उनिहरु ३७, ३८ र ४९ वर्षीय पुरुष हुन् । यो सँगै दमकमा कोरोना संक्रमितको संख्या १६३ पुगेको छ । ति मध्ये ९६ पुरुष र ४५ महिला गरी १४१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here