सामाजिक गतिबिधिमा अब्बल बन्दै पहिलाे पाहिला नेपाल, दमकमा सुरू गर्याे ८ हप्ते सरसफाई अभियान

0
347

दमक/ अाउदै गरेका   चाडपर्वलाइ   लक्ष्छित गरी  आआफनो गाउँ टोल सुन्दर र हराभरा बनाइ राख्न सचेतना जगाउँदै पहिलो पाइला नेपाल दमक शाखाले आज आठ हप्ते सरसफाई अभियानको शुरुवात गरेको छ ।

 संस्थामा आवद्ध स्वयंसेवक युवाहरुले दमकको गणतन्त्र चोकमा आज बिहानबाट सरसफाई अभियानमा सुरू गरेका छन् । संस्थाका अध्यक्ष दिपक खडकाका अनुसार वातावरण सफा र स्वच्छ राख्न नियमित सरसफाई गरेर आआफनो ठाउँलाई सुन्दर बनाउनुपर्ने सन्देश दिदैं सो अभियानको शुरुवात गरिएको हो ।

यस अघि पनि सो संस्थाले सरसफाई कार्यक्रम बेला बेला सञ्चालन गर्दै आएको भएपनि कोरोना संक्रमणका कारण भिडभाड गर्न नहुने भएकाले कोरोना रोकथाम केन्द्रित गरिएको थियो ।

अझै संक्रमणको त्रास रहिरहेको भएपनि घर टोल वरपर सार्वजनिकस्थलमा समेत सरसफाई गर्न आवश्यक देखिएकाले अभियान शुरु गर्नुपरेको अध्यक्ष खडकाले बताए ।  संस्थाले यस अघि विभिन्न समस्यामा परेका असहायहरुलाई सहयोग गर्ने, रक्तदान गर्ने तथा समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने जस्ता   कार्यक्रम गर्दै अाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here