यामाहाको नयाँ रे जेडआर–१२५ एफ आई स्कुटर दमकमा सार्वजनिक

0
1054

दमक / झापाको दमक स्थित कृषभ कर्मसीयल कम्पनी लिमिटेडले आज एक कार्यक्रमका बीच यामाहाको नयाँ रे जेडआर–१२५ एफ आई स्कुटी सार्वजनिक गरेको छ ।

क्रिसभ अर्थात यामाहा सोरुम दमकका सञ्चालक सञ्जु पराजुलीले उक्त  स्कुटर सार्वजनिक गरेका छन् । स्कुटर यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर रहेको कम्पनिका सेल्स रिप्रेजेन्टेटिभ अंकित खतिवडाले जानकारी दिए ।

नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गतिलिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्यफिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजीअक्षर ‘वाई’ आकारको नयाँएलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनकफिचर रहेका छन् । यसको वजन ९९ केजीमात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुका स्कुटर बनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here