राजु अधिकारीकाे नेतृत्वमा दमकमा गठन भयो ‘योङ टाईगर’

0
666

दमक,  ८ असाेज  / झापाको दमकमा सामाजिक काम गर्ने उद्धेश्यले क्लव हिमालयन टाईगरको योङ टाईगर कार्यसमिती गठन भएको छ ।

आज दमकमा रहेका विभिन्न युवाहरुलाई समेटेर क्लव हिमालयन टाईगर अन्तरर्गत योङ टाईगर नामक कार्यसमिति गठन गरिएको हो ।

क्लव हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भण्डारी,सचिव कुमार बाबु गजुरेल ,सदस्य तेज कुमार श्रेष्ठ, संस्थापक सदस्य राजु खड्का ,तिर्थराज चाम्लिङ राई र सुजन आचार्यको उपस्थितीमा सो कार्यसमिती गठन भएको क्लव हिमालयन टाईगरका काजी राउतले जानकारी दिए ।

नवगठित योङ टाइगरको अध्यक्षमा राजु अधिकारी,उपाध्यक्षमा बिपुल गुरागाँंई,सचीवमा विश्व प्रकाश तिम्सिना ,सह-सचीवमा पूर्णिमा तिम्सिना ,कोषाध्यक्षमा जोन जङ बुढाथोकी चयन भएका छन् । यस्तै कार्यसमितीको सदस्यहरुमा रक्षा अर्याल, सरुना गजमेर, अनिष कटुवाल, पंकज अधिकारी,सुदर्शन दाहाल र सुभम ढुंगेल रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here