पहिलाे पहिला दमक द्वारा दमक अस्पताललाई सेन्सर सेनिटाइजर मेशिन प्रदान

0
369

दमक / झापाको दमकमा रहेको दमक अस्पताललाई आज सेन्सर सेनिटाइजर मेशिन सहयोग गरिएको छ ।

सामाजिक कार्य गर्दै आएको पहिलो पाईला दमक र कञ्चनजंगा ट्रेडर्सले संयुक्तरुपमा उक्त सेनिटाइजर मेशिन सहयोग गरेका हुन् । आज दमक अस्पतालमा जडान गरिएको सो सेन्सर मेशिनबाट सेनिटाइजर प्रयोग गरेर दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले मेशिनको औपचारीक उद्घाटन गरेकी छन् ।

सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि अधिकारीले पहिलो पाईलाले विगतदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा समेत गरीन् । त्यस्तै पहिलो पाईलाका अध्यक्ष दिपक खड्काले कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा सेवा लिन आउने सर्वसाधारणदेखि स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्ने उदेश्यले सेन्सर सेनिटाइजर मेशिन सहयोग गरेको  जानकारी दिए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्ग फागो, स्वास्थ्यकर्मी, पहिलो पाईलाको दमक शाखाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here