किवानिज नेपालकाे गभर्नरमा लम्साल

0
248

काठमाडौँ, ५ असोज / परोपकारी संस्था किवानिज इन्टरनेशनलको नेपाल डिस्टिकका गभर्नरमा पर्यटन व्यवसायी मोहन लम्साल निर्वाचित भएका छन् । नेपाल डिस्टकको हालै सम्पन्न अधिवेशनले उनलाई सो पदमा एक वर्षका लागि निर्वाचित गरेको हो । बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।

नवनिर्वाचित गभर्नर लम्सालले शिक्षा स्वास्थ्यको अवसरबाट बञ्चित दूर्गम क्षेत्रका बालबालिकाको सहयोग तथा विभिन्न विपद्का अवस्थामा सहयोग जुटाउन संस्थाले स्वयंसेवीका रुपमा थप सहयोग गर्ने जानकारी दिए । उनले स्वयंसेवाको क्षेत्रमा किवानिजलाई थप गतिशीलता प्रदान गरी आफ्नो कार्यकालमा बालबालिका लक्षित स्वास्थ्य शिविरहरु सञ्चालनका साथै बालबालिकाका लागि अस्पताल निर्माणसम्मको लक्ष्य लिइएको जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रामशरण थपलिया, पर्यटन व्यवसायी कमल सापकोटा, सङ्घका अध्यक्ष शिवअधिकारीलगायतले सामाजिक संस्थाको सहकार्यबाट असहज अवस्थाका बालबालिकाको संरक्षण प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गरिनुपर्नेममा जोड दिएका थिए ।

किवानिज इन्टरनेशनल विश्वको स्वयंसेवी संस्था हो ।करिव १०५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको सस्थाले हाल ८७ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । संसारभर संस्थामा करिव ६ लाखभन्दा बढी स्ययंसेवी रहेका छन् । किवानिज इन्टरनेसनलले विश्वभरका आफूसँग आबद्ध क्लबहरुलाई ५० डिस्ट्रिक्टमा विभाजन गरेको छ । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ ।

नेपालमा सन् २०१५ मा किवानीज इन्टरनेसनल विधिवत् दर्ता भएको थियो । चार वर्षको अवधिमा संस्थाले ग्रामीण क्षेत्रका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरणदेखि विद्यालय भवनको पुनर्निर्माणसम्मका काम गरेको छ । सरकारसँगको सहकार्यमा चलेको गलगाँड उन्मूलन कार्यक्रम अन्तर्गत संस्थाले आयो नुन वितरणको सहयोग गरेको जनाइएएको छ । अहिले संस्थाले युनिसेफसँगको सहकार्यमा मातृशिशु स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ । किवानिज इन्टरनेसनल युनिसेफलाई ठूलो धनराशि सहयोग गर्ने ‘फण्डरेजर’मध्ये एक हो । विश्वभर युनिसेफका थुप्रै कार्यक्रमहरुमा सस्थाले आर्थिक सहयोग जुटाउँदै आएको छ ।

गरिब बालबालिकाका लागि छात्रवृत्ति तथा उपचारमा सहयोग गर्दै आएको संस्थाले पछिल्लोपटक नक्सालस्थित नन्दी रात्रि स्कुलमा अध्ययनरत श्रमिक, मजदुरका सन्तानलाई खाद्य९सहयोग गरेको छ । यसअघि संस्थाले ब्लड क्यान्सर भएका एक बालकलाई भारत लगेर उपचार गराएको थियो । संस्थाले ‘आकस्मिक कोष’अन्तर्गत गतवर्ष बाराको आँधीपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको किवानिजले अहिले सिन्धुपाल्चोकको पहिरोपीडितका लागि ५ हजार डलर पठाएको छ । त्यस्तै लमजुङ र बागलुङका बाढीपहिरोपीडितका लागि संस्थाबाट ५ हजार डलर सहयोग आएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here