जेसीज सप्ताह दाेस्राे दिन : काेभिड १९ सम्बन्धि अन्तरकृया तथा नगरपालिकालाइ १ सय थान भिटिएम किट प्रदान

0
373

दमक /  दमक जेसीजले प्रत्येक बर्ष  मनाउदै आएको जेसीज सप्ताह २०२० काे दाेस्राे दिनकाे कार्यक्रममा काेभिड १९ सम्बन्धि अन्तरकृया र  नगरपालिकालाइ  भिटिएम किट प्रदान  गरीएकाे छ  ।

दमक उधाेग वाणिज्य संघ संगकाे सहकार्यमा संघकाे सभाहलमा दमक नगरपालिकाकी उप मेयर गिता अधिकारीकाे  प्रमुख आतिथ्य तथा नेपल प्रकरणा निर्देशक मनिस सुर्य मगर काे उपस्थिमा  भएकाे कार्यक्रममा  काेभिड १९ ले पुर्याएकाे असर र  भाेलीकाे बाटाे भन्ने बिषयमा अन्तरकृया भएकाे थियाे ।

कार्यक्रममा  ब्यापारीकाे तर्फ बाट  दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ, स्वास्थ्यका तर्फ बाट आम्दा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्रकाश शर्मा,   शिक्षाकाे बिषयमा हिमालय माबि प्रधान अध्यापक अाेम प्रसाद आचार्य, संघ  सस्थाकाे तर्फ बाट नेलाल रेडक्रस साेसाइटी उपशाखा दमकका अध्यक्ष प्रकाश बुठाथाेकीले  आफ्नाे  आफ्नाे क्षेत्रमा पुर्याएकाे असर भाेलिका दिनमा के गर्न सकिन्नछ भन्ने विषयमा बाेलेका थिए ।

दमक जेसीजका अध्यक्ष कमल कट्वालकाे अध्यक्षताका भएकाे कार्यक्रममा दमकका बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा दमक जेसीजका पधादीकारी सदस्य लागातकाे उपस्थिती रहेकाे उक्त कार्यक्रममा संयाेजक राम चन्द्र अधिकारीले जानकारी दिए ।

नगरपालिकालाइ किट प्रदान 

दमक जेसीजकाे जेसीज सप्ताह २०२० काे अवसरमा जेसीजले  दमक नगरपालिकालाइ १ सय थान भिटिएम किट प्रदान गरेकाे छ ।

दमकमा पछिल्लाे समयमा काेराेना भाइरस संक्रमितहरू समुदाय स्तरमा भेटिन थालेपछि   काेराेना जाँचकाे दायरा बढाउन सहज हाेस् भन्ने उध्येस्यका साथ जेसीज सप्ताह २०२० काे दाेस्राे दिनकाे दाेस्राे कार्यक्रम अन्तरगर्त उक्त सामाग्री प्रदान गरीएकाे कार्यक्रमकी संयाेजक सुनिता न्याैपानेले बताइन्  ।

जेसीज सप्ताह २०२०  भदाै २२ गते देखि सञ्चाल भएकाे जेसिज सप्ताहमा बिभिन्न सामाजिक कार्यक्रमहरू भइ रहेकाे र बुधबार  बिहान स्वस्थ्य सामाग्री बितरणका साथै बेलुका प्रमाण पत्र बितरण गरी  जेसिज सप्ताह २०२०  समापन हुने दमक जेसीजका महासचिब सन्जिव बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here