डोटीमा ३० जनामा स्क्रबटाइफस

0
247

डोटी, २१ भदौ / डोटीमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।

जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् । सङ्क्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसियु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा. प्रमोद भट्टले बताए ।

माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको सङ्क्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो तथा मृगौलालगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखापर्ने डा. भट्टले जानकारी दिनुभयो । रो रोगबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालयमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here