खेलाडीको परीवारलाई भाङ्गबारी युथ क्लबको सहयोग

0
680

दमक। मोरंगको विराटनगरका फुट्बल खेलाडी कमल खबासको श्रीमतीको उपचारका लागि झापाको दमकबाट ३२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

दमकको  भाङ्गबारी स्पोर्टिङ्ग युथ क्लब र दमक १ फुट्बल परिवारले उक्त रकम प्रदान गरेको दमकका फुट्बल प्रशिक्षक कुमार गिरीले बताए ।

उनका अनुसार दमक भाङ्गबारी स्पोर्टिङ्ग युथ क्लबले २० हजार र दमक १ फुट्बल परिवारले १२ हजार आर्थिक सहयोग गरेका हुन् । खबासकी श्रीमती घरको छतबाट खसेर घाइते भएकी थिइन । हाल उनि उपचारको क्रममा रहेकी छन्  ।

खबासले भाङ्गबारीमा आबध्द भएर धेरै पटक फुट्बल खेलेका थिए । खेलमा निकै लगनसिल भएर खेल्ने खबासलाई उनको श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष सुरेन्द्र देवानले बताए । खबासले भाङ्गबारीको तर्फबाट थुप्रै प्रतियोगितामा सहभागिता जनाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here