कोरोना संक्रमणको जोखिम बढेको भन्दै कमल गाउँपालिकामा निषेधाज्ञा

0
290

झापा, ८ भदाै / झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा लगाईएको छ ।

गाउँपालीकाको वडा नम्बर ३ स्थित केर्खा बजारका एक बृद्धमा कोरोना देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण गर्दा हिँजो थप तिनजना समुदायका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

समुदायका व्यक्तिमा संक्रमण देखिएसंगै हिँजै गाउँपालिकाले लकडाउन गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले आज एक विज्ञप्ति निकाल्दै कमल गाउँपालीकाका सम्पुर्ण वडाहरुमा निषेधाज्ञा लगाएको जनाएको छ । निषेधाज्ञा अवधिभर गाउँपालीका क्षेत्रमा अनुमति प्राप्त बाहेकका कुनै पनि प्रकारका निजि तथा सार्वजनिक सवारी साधन सञ्चालन निषेध गरिएको छ । त्यसैगरी मानिसहरुको आवत जावतमा पनि पुर्ण रुपमा निषेध गरिएको छ ।

आगामी १३ गते सम्म जारी निषेधाज्ञा अवधिमा अत्यावस्यक सवारी साधन, सरकारी नम्बर प्लेटका, सुरक्षा निकायका, निर्माण सामाग्रि बोकेका र पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न पाईने छ । कसैले निषेधाज्ञाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि बिज्ञप्तिमा जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here