दमकमा हाल सम्म ४९ जनामा काेराेना संक्रमण, १४ जना निको भएर घर फर्के

0
2850

दमक, ३ भदाै / दमकमा हाल सम्म ४९ जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । जस मध्ये १४ जना निको भएर घर फर्कि सकेका छन् ।

आज मात्र  थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित पुस्टि हुनेमा  पाथिभरा गणबाट ३ जना  २९, ३०, ३२, वर्षिय नेपाल दुरसञ्चार दमकका कर्मचारी २ जना ३७, ४०, बर्षिय  होम क्वारेन्टिनबाट १ जना ३१ बर्षिय त्यसैगरी दाहाल प्रतिष्ठान क्वारेन्टिनबाट ७ जना  २१, २५, २५, २६, ३५, ४०, ४४ बर्षिय र कमल गाउँपालिकाको १ जना  ८३ बर्षिय गरी जम्मा १४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको दमका नगरपालिकाले जनाएकाे छ ।

संक्रमित सबै जना हरुको अवस्था सामान्य रहेको छ  । हाल दमकमा विज्ञान पार्क भवन महिला क्वारेन्टिन ५ जना दाहाल प्रतिष्ठान क्वारेन्टिन १२ जना होटल क्वारेन्टिन २६ जना क्वारेन्टिनमा रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here