व्यवसायीमा संक्रमण पुष्टि भएपछि शनिवार देखि दमकाे तरकारी बजार बन्द, सतर्क रहन उवा संघकाे अनुराेध

0
650

दमक, ३० साउन / केही दिन अघि उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएका झापाको दमक ६ स्थित नयाँ तरकारी बजारका एक जना व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि आज साँझदेखि सो बजारमा आवतजावत बन्द गरिँदैछ । दमक नगरपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमित व्यवसायीको परिवारसंगै कन्ट्रयाक ट्रेसिङमा परेका अन्यको पहिचान गर्न तत्काल सो बजारमा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले संक्रमित व्यवसायी हाल काठमाडौंमा अन्य रोगको उपचारका लागि गएकोमा कोरोना पोजिटिभ देखिएको हुँदा आवश्यक सतर्कताका लागि तरकारी बजार बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले भने– ति व्यवसायीमा संक्रमण दमक हुँदा नै थियो वा विराटनगर , काठमाडौं पुगेपछि भयो भन्ने यकिन हुन नसकेकाले परिवारका सदस्यहरुको समेत पीसिआर गरेर यथार्थ पत्ता लगाउन सजिलो हुने भएकाले बजार बन्द गरिन लागेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here