काेराेना सम्बन्धि सचेतना जगाउदै दमकका युवा

0
438

झापा, २९ साउन /  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दमक  दमक पब्लिक लाइब्रेरी यूथ टिम ले  Covid-19 सचेतना कार्यक्रम गरेकाे छ ।

डि.पि. एल युथ टिम दमकले  बिहिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ट्राफिक प्रहरी संगकाे सहकार्य दमककाे पशुहाट र ताराबारीमा २१ जना स्वयमसेवकहरुकाे उपस्थितिमा  कोरोना भाईरस बारे सचेतना कार्यक्रम गरेकाे हाे । कार्यक्रमामा मास्कको उचित प्रयोग बारे जानकारी गराई  मास्क नलागाइ हिड्ने  लाइ  ५०० थान मास्क समेत बितरण गरीएकाे छ ।

कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिइसकको छ भन्ने शंका उठ्न थालेको यो समयमा पनि मानिसहरू यस प्रति सजक नभएको देखिएकोले यस किसिमको कार्यक्रम आयोजना गरिएको डि. पि. एल. यूथ टिम , दमकका अध्यक्ष आशिष न्याैपानेले बताए ।

बाटोमा हिड्ने यात्रुहरु लाई कोरोना बारे सचेतना गराई मास्क नलगाएका हरूलाइ मास्काे प्रयाेग बारे जानकारी गराइ   मास्क बितरण गरिएको दमक ट्राफिक प्रहरी प्रमुख यज्ञराज शर्माले बताए ।  महामारीको यो घडीको बारे सम्पूर्ण मानिसहरू जानकार भएको भएपनि मास्क प्रयोग चाहिँ सीमित मानिसले मात्रै गरेको पाइयो, एम्बुलेन्स , सिटीका चालक, बस चालक, सहचालकले पनि मास्क को प्रयोग गर्दैनन्, मास्क प्रयोग गरेपनि अधिकांशले उचित प्रयोग नगरेकाे देखिएकाे डि.पि. एल युथ टिमका अध्यक्ष  न्याैपने बताए ।

उक्त  सचेतना कार्यक्रम साउन  ३० गते शुक्रबार बिहान ८ बजेबाट १० बजे पनि संचालन गरीने जनाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here