जटिल राेगकाे, सहज उपचार गर्दै एड्भान्स अस्पताल दमक

0
1565

 झापा / दमक ७ स्थित एड्भान्स अस्पतालमा अत्याधुनिक प्रबिधि र दक्ष चिकित्सकहरुको उपस्थितिका कारण जटिल प्रकारका बिरामीहरुको समेत उपचार हुन थालेको छ ।

स्पाईनल कड भाँचिएको जोड्ने देखी बिसादी सेवनबाट मृत्युको नजिक पुगेका बिरामीको सफल उपचार गरिसकेको एड्भान्समा पछिल्लो पटक आन्द्रामा क्यान्सर भएका बिरामीको सफल उपचार गरिएको छ ।

झापाका कमल गाउँपालीका वडा नम्बर ४ सितापुरीका ७५ बर्षिय देउमान राईको आन्द्रामा भएका क्यान्सरको घाउलाई डाक्टर रविनरत्न रञ्जितकार सहितको टिमले सफल अप्रेसन गरेको छ । करिब डेढ महिना अघि बिरामी भएर अस्पताल आउनु भएको राईको कोरोनोस्कोपी गर्दा ठुलो आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।

डाक्टर रञ्जितकारको टिमले उक्त आन्द्राको करिब ७० सेन्टिमिटर जती भाग काटेर मेसिनबाटै सिलाई गरी उपचार गरेको छ । २० दिनको अस्पताल बसाई पछि राई आज डिस्चार्ज हुनु भएका छन्  । सुरुमा क्यान्सर भएको भन्ने सुन्दा चिन्ता लागेको भए पनि अहिले बुबा पुरै ठिक हुनु भएकोले खुशी लागेको बिरामीका छोरा सन्तोष राईले बताए । एड्भान्स अस्पतालको प्रबिधि र  बिज्ञ डाक्टरहरुको टिम रहेकाेले अस्पतालमा  जटिल प्रकारका रोगहरु पनि यहिँ उपचार सम्भव रहेछ भन्ने आफुलाई विस्वास लागेको उनले बताउए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here