किरात प्रदेश नामकरणकाे माग गर्दै मनाइयाे ३३औं स्थापना दिवस

0
394

दमक । किरात राई यायोक्खाको ३३औं स्थापना दिवस झापामा भौतिक दुरी कायम गरि मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा दमक स्थित किरात भवनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका झापा क्षेत्र नं. ५ (ख) प्रदेश सांसद माननिय श्री अर्जुन राईलाई प्रदेश नं. १ लाई किरात प्रदेश नामकरण गराउनका लागि पुनः स्मरण पत्र समेत बुझाइएको थियो । किरात प्रदेश नामकरण गराउनका लागि किरातको इतिहास, आधार, वैज्ञानिक पक्ष, पहिचान लगायतका कुराहरु उल्लेख गरिएको स्मरण पत्र किराया केन्द्रीय सदस्य सुशिल कुमार राईले बाचन गरेका थिए ।

कोरोना भाइरसका कारण वार्षिक रुपमा हुँदै आएको सम्पूर्ण कार्यक्रम स्थगित गरि यस वर्ष भने सामान्य रुपमा मनाइएको जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रममा सेनिटाइजर र माक्सको समेत व्यवस्था गरिएको थियो ।
किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा तथा झापा क्षेत्र नं. ५ (ख) प्रदेश सांसद माननिय श्री अर्जुन राईज्यूको प्रमु्ख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा प्रदेश नं. १ का अध्यक्ष पारषमणी राई, किराया संस्थापक जितमान राई, किराया केन्द्रीय सदस्य सुशिल कुमार राई, किराया झापा सल्लाहकार एल.डि.सोताङ, सुमित्रा वाङदेल चेली, किराया पूर्व केन्द्रीय सदस्य दिपेन बाला राई, किरात याक्खा छुम्मा झापा सचिव मच्छिन्द्र याक्खा, लिम्बु पत्रकार संघ केन्द्रीय सदस्य भुमिका सुब्बा लगायत स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यायोक्खा झापाका उपाध्यक्ष उद्वव प्रसाद राईले स्वागत मन्तव्य राखेको थियो भने सदस्य सुसन रुङमाहाङ राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here