सुजुकीको नयाँ भिटारा ब्रेजा दमकमा सार्वजनिक

0
542

दमक / नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेतातथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालीबजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा दमकमा पनि सार्वजनिक भएको छ ।

दमकमा भने उक्त गाडीलाइ सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता बि आर एन ब्रोदर्सका संचालक सन्जु पराजुलीले सार्वजनकिा गरेका छन् । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’फिचरहरु रहेका छन् ।

१४६२ सीसीको ‘के–सिरिज’बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । भिटारा ब्रेजाको बजार मुल्य एसयुभीभीएक्सआई को ४१ लख ६९ हजार र जेडएक्सआई प्लस को ४४ लाख ६९ हजार रहेको छ । दुबै मोडलको खरिदमा कम्पनिले बजार मुल्यमा केही समयका लागि १ लाख ७० हजार छुट दिने जनाएकाे छ ।

‘नेपालीग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभी मध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । कम्पनिले यो नयाँएसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ, कम्पनिको विस्वास रहेको छ ।  सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्कामच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशालीमात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् ।

नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटरप्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here