पुष्पलालको योगदानबारे दमकमा विचार गोष्ठि

0
376

दमक, ७ साउन / पुष्पलाल स्मृति दिवसको अवसरमा दमकमा पुष्पलालको योगदानबारे विचार गोष्ठि सम्पन्न भएकाे छ ।

नेकपा झापा दमक नगर कमिटीद्वारा ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा  पुष्पलालको योगदानबारे विचार गोष्ठि काे आयोजना गरीएकाे  कार्यक्रममा हेमनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । नगर प्रमुख रोमनाथ ओलीले कम्युनिस्ट आन्दोलनको विषयमा चर्चा गरे ।

नगर उपप्रमुख गीता अधिकारी, प्रदेश कमिटी सदस्य विरेन्द्र बस्नेत, जि.स.स. कर्मा पुलामी, जिल्ला सदस्य  अम्बिका खनाल, वेदु गौतम, लीला ढुङ्गेल, क्षेत्रिय सदस्य बोधराज न्यौपानेको आतिथ्यता रहेको कार्यक्रमकाे अध्यक्षता दमक नगर अध्यक्ष बोधप्रसाद घिमिरेले गरेका थिए ।

कार्यक्रममा अधिकांश वक्ताले पुष्पलालले समाजवाद र प्रजातन्त्रका लागि जीवन अर्पण गरेकाले उनकाे याेगदान कहिले भुल्न नसकिने बताए । पार्टी एकतापछि पहिलो पटक र अझ आकस्मिक रूपमा आयोजना गरिएको वैचारिक कार्यक्रम भए पनि नगर कमिटीका अधिकांश प्रतिनिधीकाे उपस्थित रहेकाे थियाे ।

 कमरेड विनोद तिम्सिनाले स्वागत मन्तव्य राखेकाे कार्यक्रम लाइ नेकपा दमक नगर सचिब  तीर्थराज बस्नेतले संचालन गरेका थिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here