दमक पत्रकार मञ्चको अक्षयकोषमा तामाङकाे सहयाेग

0
307

दमक । सामाजिक अभियान्ता सम्झना तामाङले पत्रकार मञ्च दमकले स्थापना गरेको अक्षय कोषलाई रु ११ हजार एक सय ११ रुपैयाँ रकम सहयोग गरेकी छिन् । तामाङ मञ्चले भर्खरै मात्र स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने पहिलो दाता बनेकि छिन् ।

सनबहादुर तामाङ्ग सहयोग समिती (बचाऊ अभियान) को हिसाब सार्वजनिक गर्दै समिति विगठन गर्न गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो रकम मञ्चका अध्यक्ष मनकुमार गदाललाई प्रदान गरेकी हुन् ।

झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय सन बहादुर तामाङको उपचारका लागि केहि महिना अघि एक समिति बनाइ आर्थिक संकलन गरिएको थियो । सो समितिले हालसम्म संकलन गरेको रकमको बारेमा सम्पूर्ण हिसाब सार्वजनिक गरेको छ ।

२०७६ मंसिर १४ गते सनबहादुरको घरमा दमक नगरपालिका कार्यपालिका सदस्य खड्ग धिमाल ,दमक ३ का वडाध्यक्ष नविन बराल ,समाजिक अगुवा बोधराज घिमिरे ,वडासदस्य तनकुमारी दाहाल लगायतको उपस्थितीमा समिती गठन भएको थियो ।

सो समितीले आज दमकमा विरामीका बुवा, पत्रकार, सामाजिक अभियान्ता समाजसेवी लगायतको उपस्थितीमा आयव्याय प्रस्तुत गर्दै औपचारिक रुपमा समिति विगठन भएको घोषणा गरेको हो । जसमा समितिको नाममा रहेको बैक खाता समेत बन्द गर्ने पक्रियामा रहेको समितिले जानकारी दिएको छ ।

अभियान मार्फत समितिले सनबहादुरको परिवारलाई दुई किस्ता गरेर दुई लाख छ हजार दुई सय ३० रुपैयाँ उपलब्ध गराएको समिती संयोजक सम्झना तामाङले बताइन् ।

दाताहरुबाट जम्मा दुई लाख १५ हजार पाँच सय ६४ रुपैयाँ प्राप्त भएकोमा विरामी तामाङको परिवारलाई दुई लाख छ हजार दुई सय ३० रुपैयाँ उपलब्ध गराएको समिति खर्च दुई हजार एक सय ७५, फोटोकपी खर्च एक सय ५९ र सञ्चारकर्मी हवाई खर्चमा सात हजार रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here