दमकमा बनियाे मनै लोभ्याउने धिमाल संस्कृति संग्राहालय

0
997

दमक/ पूर्वी तराईका आदिवासी धिमालहरुको सघन बसोबास भएको ठाउँ हो दमक । पूर्वपश्चीम लोकमार्ग अन्तर्गत दमकको चियादोकन चोकबाट पुग न पुग एक किलोमिटर दक्षिणमा पर्छ धिमालहरुले पूजआजा गर्ने गरेको चरकपारा ग्रामथान । दमक नगरपालिका वडा नं ९ मा पर्ने यो ग्रामथान रहेको करिब साढे ५ कठठा जमिनमा निर्माण भईरहेको छ

यो ग्रामथानमा स्थानीय धिमालहरुले आफ्नो धार्मिक तथा साँस्कृतिक महत्व बोकेको जात्री पर्वका दिन विशेष महत्वका साथ पुजाआजा गर्ने र मेला बजार लगाउने चलन छ । त्यसो त झापा मोरङका झण्डै एक सय ठाउँमा रहेका ग्रामथानहरुमा हरेक बर्षको १ बैशाखदेखिनै प्रकृतिको पूजाआजा गरी ग्राम देवतालाई खुशी पार्ने चलन छ । चरकपारामा रहेको यो ग्रामथानलाई भने राज्यले आर्थिक बर्ष २०७२/०७३ देखिनै रु १ लाख रुपैयाँ सहयोग गरेर धिमाल संस्कृति संरक्षणको प्रयास थालेको हो । नागरिकस्तरबाट धिमालहरुले आआफ्नो परम्परा र संस्कृति मान्ने क्रमलाई निरन्तरता दिईआएकोमा खास गरि २०६२/०६३ को राजनीतिक परिवर्तनपछि राज्यका निकायहरुको धेर थोर ध्यान विभिन्न जातजातीका संस्कार, संस्कृतिहरुको संरक्षणमा गएको देखिन्छ ।

यो संग्राहालय निर्माणको प्रारम्भ नागरिकस्तरबाट दशकौं अघि शुरु गरिएपनि राज्यलेनै महत्व दिएर बजेट छुट्याउन थालेको ५ बर्ष मात्रै हुँदैछ । यसबीचमा दमक नगरपालिकामा जनप्रतिनिधि आईसकेपछि पहिलो नगरसभाले  धिमाल जातीलाई दमकको पहिलो नागरिक घोषणा गरेर धिमालहरुलाई अझै महत्व दिएको छ ।

 

सदियौं बर्षदेखि विकास र परिवर्तनको अनुभूती गर्न नपाएका धिमालहरुले पाँच बर्षका बीचमा स्थानीय तह पुनसंरचनापछि भने आफ्नो भाषा संस्कृति संरक्षणमा राज्यको क्रियाशीलता पनि महसुस गर्दै आएका छन् । त्यसैको परिणाम धिमाल संस्कृति संग्राहालयमा पनि देखिएको छ । यो संग्राहालय निर्माणका लागि आर्थिक बर्ष २०७६/०७७ मा आईपुग्दा एक नम्बर प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेपछि पुराना धिमाल अगुवा लोकबहादुर धिमालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर संग्राहालय निर्माणको योजनालाई अघि बढाइएको स्थानीय जनप्रतिनिधि समेत रहेका आदिवासी जनजाती धिमाल संघका सचिव तथा धिमाल जाती विकास केन्द्र झापाका अध्यक्ष मणिराज धिमालले बताए ।

अहिले ग्रामथान परिसरमा पुग्दा जो कोहीको मन भुलिन्छ । त्यहाँ धिमाल महिलाहरुले घर भान्सामा प्रयोग गर्ने नाङलो, ओख्लीदेखि पुरुषहरुले प्रयोगमा ल्याउने माछा मार्ने जाल, शिकार खेल्ने तिर, धनुष,कृषि कर्ममा प्रयोग गरिने कुटो कोदालो आदि बनाएर सजाइएको छ । ग्रामथान परिसर भित्र नेपाली धिमालहरुको मौलिकता झल्किने कैयौं सजावटका सामाग्रीहरुले जोकोहीलाई आकर्षित गरेको देखिन्छ । परिसर प्रवेशद्धारमा पुग्ने वित्तिकै धेरै जिज्ञासाहरु जगाउने दृश्य यो संग्राहालमा छन्  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here