दमकमा मेची नेत्रालयकाे सेवा सुरू

0
515

दमक / काकडभिट्टा स्थित मेची नेत्रालय एन्ड अप्थाल्मिक सेन्टरले आज बाट आफ्नो सेवा दमक बाट पनि सुरु गरेको छ ।मेची नेत्रालयले आजदेखी औपचरिक रूपमा दमकमा आफ्नो शाखा बिस्तारगरि आफ्नो सेवा सुरु गरेको हो ।

आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालको पहिलो शाखाको रुपमा दमक शाखाको स्थापना गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा। शरदचन्द्र प्रकाश राईले बताए।

पूर्वीनाका काँकरभिट्टा रहेको मेची नेत्रालयले नेपालसंगै छिमेकी राष्ट्र भारत, भुटान बंगलादेश लगायत देशका नागरिकहरुलाई सेवा दिदैं आएकोमा पूर्वी नेपालका आम सेवाग्राहीलाई अझ सहज रुपमा उपचार सेवा दिने उद्देश्यका साथ दमकमा अस्पतालको शाखा स्थापना भएको अस्पतालकी प्रशासक पुनम प्रधानले बताइन् ।

उद्घाटनसंगै औपचारिक उपचार सुरु गरिएको पहिलो दिन २० जनाले आँखाको उपचार सेवा लिएको मेची नेत्रालयले जानकारी दिएको छ ।

अस्पतालले झापा, मोरङ, इलाम, पाँचथर लगायत पूर्वका विभिन्न क्षेत्रका नागरिकहरुललाई उपचार सेवा प्रदान गर्ने उदेश्य लिएको मेडिकल डाईरेक्टर डा। राईले बताए ।

द एभरेस्ट सहकारीको भवनको छेउमा रहेको दमक शाखाबाट तत्कालको लागि डा। राईकै नेतृत्वमा ३ जना सिनियर अप्थाल्मिक अफिसरसंगै अन्य चिकित्स र कर्मचारी गरी १५ जनाकोे टिमले सेवा प्रदान गर्ने बताइएको छ । दमक डा ।राइको कर्मथलो पनि हो ।

अस्पतालमा आँखा उपचारको लागि सबै किसिमका शल्यक्रिया, प्रयोगशाला औषधी एवं चश्मा पसलको समेत सुविधा रहेको प्रशासनले बताएको छ ।

मेची नेत्रालय आँखा उपचारको क्षेत्रमा पूर्वमै भरपर्दो अस्पतालको रुपमा चिनिन्छ । यो अस्पताल बिगत १४ बर्षदेखी निरन्तर सन्चालनमा रहेको

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here