दमकमा लायन्स क्लब द्वारा कोरोना रोकथामको लागि होमियोप्याथिक औषधि वितरण

0
461

दमक, २९ असार /  झापा दमकमा रहेका लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्ट र  लायन्स क्लब अफ दमक युनाइटेडले  निःशुल्क औषधी बितरण गरेका छन्

क्लबले साेमबार  एक कार्यक्रम गरी दमक २  वडा कार्यालय नजिक बसोबास गर्ने स्थानिय बासीलाइ कोभिड १९ सँग लड्न सक्ने अर्थात रोग प्रतिरक्षा प्रणाली बढाउने ‘आर्सेनिकम एल्बम ३० सी’ नामक होमियोप्याथिक औषधी बितरण गरेकाे हाे । उक्त औषधी  १०० परीवार भन्दा बढी लाइ बितरण गरीएकाे लायन्स क्लब अफ दमक युनाइटेडका प्रथम उपाध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

मारवाडी सेवा समिति दमक र विष्णु लक्ष्मि किर्तन मण्डली दमककाे सहयाेगमा भएकाे कार्यक्रममा लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्टका अध्यक्ष दिनेश अग्रवालले  काेराेनाकाे औषधी पत्ता नलागेकाे याे अवस्थामा  रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बढाउनका लागि औषधी बितरण गरीएकाे बताए । कार्यक्रममा  एल सी आइ डिष्ट्रिक चेयर पर्सन सन्दिप बस्नेत,लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष प्रकाश गजमेर, लायन्स क्लब अफ दमक युनाइटेडका द्वितिय उपाध्यक्ष बिबेक श्रेष्ठ, क्लबका सदस्य, स्थानियबासी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आर्सेनिकम एल्बम ३० सी’ नामक होमियोप्याथिक औषधी नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागले Ayurveda & Alternative Medicine Guidelines for Preventive Measures & Management Protocol for COVID-19 in Nepal तयार गरी होमियोप्याथिक उपचार पद्धतीको Protocol तयार भई लागु भएको जनाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here