दमकका एकसहित झापामा थप ४ पुरुषमा कोरोना संक्रमण पुष्टि

0
737

दमक, २९ असार । झापामा आइतवार चार जना पुरुषमा कोरोना पुष्टि भएको छ । गौरिगञ्ज गाउँपालिकाका तीन जना र दमक नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

उनीहरुलाई उपचारका लागि गोठगाउँ लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

योसँगै झापामा संक्रमितको कुल संख्या ३०५ पुगेको छ । झापाको भद्रपुरमा संक्रमितको संख्या ८, मेचीनगर ४७, बिर्तामोड ६, कनकाई ११, अर्जुनधारा १३, दमक ९, गौरादह ११, शिवसताक्षी ४, बुद्धशान्ति १६, हल्दिवारी १२, कचनकवल १३४, कमल १, गौरीगञ्ज २२, बाह्रदशी ९ र झापा गाउँपालिकामा २ जना रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here