सार्वजनिक स्थलमा लायन्स क्लबकाे कोरोना सम्बन्धि चेतना मुलक समाग्री

0
524

झापा २८, असार /  कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि काेराेना संक्रमित बढिरहेका छन् । उक्त भाइरसबाट बच्नका लागि लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्ट र  लायन्स क्लब अफ दमक युनाइटेडले जनचेतना मुलक कार्यक्रम गरेका छन् ।

दुवै क्लबले संयुक्त रूपमा दमकका बिभिन्न सार्वजनिक स्थल सरकारी कार्यालय, सार्वजनिक सवारी लगायतमा काेराना बाट बच्न अपनाउनु पर्ने सावधानीका जनचेतना मुलक चित्र सहितका इस्टिकर, पम्पेट र ब्यानरहरू टासेका छन् । साेही अवसरमा काेराेना भाइरस के हाे ? सर्न सक्ने संभावना, मानिसमा गर्न सक्ने असर, भाइरसका लक्षणहरु, सम्भाबित जाेखिमका बारेमा जानकारी गराइएकाे लायन्स क्लब अफ दमक युनाइटेडका प्रथम उपाध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जाेन चियर पर्सन मनाेज अग्रवाल, ज्ञाननाथ पाैडेल, लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्टका अध्यक्ष  दिनेश अग्रवाल,सचिब नेत्र चम्लगाइ, लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष प्रकाश गजमेर लगायतकाे उपस्थिती रहेकाे लायन्स क्लब अफ दमक युनाइटेडका प्रथम उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here