उद्यमशील बहसकाे सातौं श्रृङखला सम्पन्न

0
389

दमक/ दमक पब्लिक लाइव्रेरीले सञ्चालन गर्ने उद्यमशील बहसकाे सातौं श्रृङखला असार २७ गते  सम्पन्न भएकाे छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराएर सञ्चालन गर्ने उद्यमशील बहस कार्यक्रमको सातौं श्रृङखला नबिल बैंकका CEO अनिल केशरी शाहको उपस्थितिमा  सम्पन्न गरीएकाे छ ।

कार्यक्रम संयोजक हेमन्त नेपालले कोभिड १९ को विद्यमान अवस्थालाई ख्याल गर्दै कार्यक्रम जुम बाट गरिएको बताए। उक्त कार्यक्रममा  लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले विभिन्न क्षेत्रमा क्रियाशील ब्याक्तीलाई थप शसक्तीकरण गराउन उद्यमशीलता बहस कार्यक्रमले टेवा पुर्याएको बताए।

 कार्यक्रममा सफल उद्यमशीलका अनुभव सुनाउँदै शाहले सवैका लागि उत्प्रेरणा हुने कुराहरू बताए । कार्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो भने २१००० भन्दा बढीले प्रतक्ष लाइब्रेरी को फेसबुक पेजबाट हेरेका थिए । अर्को महिनामा  यस्तै  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका  वक्तालाई ल्याएर कार्यक्रमलाई निरन्तरता दिने दमक पब्लिक  लाइव्रेरीका अध्यक्ष न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here