राेटरी तथा राेट्याक क्लब अफ दमककाे पद हस्तान्तरण सम्पन्न

0
576

झापा, राेटरी क्लब अफ दमक तथा राेट्याक क्लब अफ दमककाे पद हस्तान्तरण सम्पन्न भएकाे छ ।

दमकमा बिगत नाै बर्ष देखि सामाजिक गतिबितिमा सकृय रहेकाे क्लबकाे नयाँ समितिलाइ शुक्रबार काेराेना भाइरस बाट बच्नन अपनाउनु पर्ने सावधानी अपनाउदै एक कार्यक्रमका बिच बर्ष १९/२० का अध्यक्ष दिपु चापागाइ सन्दिलले बर्ष २०/२१ की अध्यक्ष शान्ता नेपाल टकाल लाइ अध्यक्षकाे पद हस्तान्तरण गरेका छन् । भने राेट्याक क्लब दमकका बर्ष १९/२० का अध्यक्ष सुदिप लिम्बुले  बर्ष २०/२१ का अध्यक्ष दधीराम ढकाललाइ अध्यक्षकाे पद हस्तान्तरण गरेका छन् ।

क्लबकाे संस्थपक सदस्य भइ हाल सम्म क्लबकाे बिभिन्न पदमा रहेर काम गरीसकेकी शान्ता नेपाल ढकाल राेटरी क्लब दमककाे पहिलाे महिला अध्यक्ष भएकी छन्  ।क्लबकाे नयाँ समितिकाे सचिबमा शान्तिराम निराैला र काेषाध्यक्षमा इन्दिरामाया कार्की चुनिएका छन् । त्यस्तै राेट्याक क्लब दमककाे नया समितिकाे सचिबमा पानस अधिकारी, कोषाध्यक्षमा मिरा खनालले जिम्मवारी पाएका छन् ।

कार्यक्रममा बाेल्दै दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीकाे राेटरी दमकमा बिषेश गरी शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा निकै ठुलाे याेगदान गरेकाे भन्दै क्लबले गर्ने यस्ता काम लागि नगरपालिका सधै सहकार्य गर्न तयार रहेकाे  बताइन् ।

कार्यक्रममा बर्ष १९/२० भरी गरीएका कामलाइ भिडियाे मार्फत देखाउदै बर्ष १९/२० का अध्यक्ष दिपु चापागाइ सन्दिलले आफ्नाे कार्यकाल भरी गरीएकाे कामका लागि सहयाेग गर्ने सहयाेगी प्रति धन्यवाद ब्यक्त गरे । भिडियाे कन्फिरेन्समार्फत क्लबका डिस्ट्रकका पधादीकारीहरूले नया समितिलाइ शुभकामना दिएका थिए ।

कार्यक्रममा  क्लबका पुर्व अध्यक्ष, दमकका बिभिन्न वडाका वडा अध्यक्ष, दमक उधाेग वाणिज्य संघका अध्यक्ष, दमक जेसीजका अध्यक्ष, राेटरी क्लबका सदस्य,राेट्याक क्लबका सदस्य लगायतकाे उपस्थीती रहेकाे थियाे ।

कार्यक्रमकाे भिडियाे 

https://www.facebook.com/doonlinetv/videos/2353750514929603/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here