दमककाे सबै भन्दा पुरानो लायन्स  क्लब अफ दमक माउण्ट एभरेष्टको पद हस्तान्तरण  सम्पन्न

0
430

झापा / दमककाे सबैभन्दा पुरानो लायन्स  क्लब अफ  दमक माउण्ट एभरेष्टको नयाँ नेतृत्व २०२०/२१ काे पद हस्तान्तरण  सम्पन्न  भएकाे छ । क्लबका अध्यक्ष मनोजकुमार अग्रवालले  दिनेश कुमार अग्रवाललाई अध्यक्षको कार्यभारकाे जिम्मा दिएका छन् ।

 मंगलबार  दमकमा एक कार्यक्रमकाे आयाेजना गरी पुरनाे समितिले नयाँ समिति लाइ पद हस्तान्तरण गरेकाे हाे । जसमा अध्यक्षकाे जिम्मेबारी सन् २००६देखि क्लबकाे सदस्य भनेर भिबिन्न पदमा बसी सकृय रूपमा कार्य गर्दै आएका दिनेश कुमार अग्रवालले पाएका छन् भने  क्लबकाे सचिबकाे जिम्मेवारीमा नेत्र चम्लगाइ, काेषाध्यक्षकाे जिम्मेवारीमा भगवान बस्नेतले पाएका छन् ।

 साेही कार्यक्रममा क्लबका पुर्व अध्यक्ष चन्द्र गजमेरले दमक ८ की एक बालिकालाइ एक थान ह्वलचियर समेत प्रदान गरेका छन् । क्लबका सस्थापक अध्यक्ष  कृष्ण भक्त सुबेदीकाे  आतिथ्यतामा भएकाे कार्यक्रममा लायन्स लिडर बबरजंग थापा, अजय अग्रवाल, पिके क्षेत्री लगायतले दमकमा लायन्स क्लवहरुको सक्रियता रहेको जनाउदै अझ सक्रिय रुपमा क्लवहरु लाग्ने बताए । उक्त कार्यक्रममा  दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ, दमक जेसिजका अध्यक्ष कमल कट्वाल, राेटरी क्लबकी अध्यक्ष शान्ता नेपाल ढकाल,  दमकमा १७ वटा क्लबका पधादिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

दमकमा १७ बर्ष अघि खुलेकाे लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट दमककाे सबै भन्दा पुरानाे क्लब हाे । हाल क्लबमा ४६ जना सदस्य रहेका छन् ।  दमकमा हाल सम्म १७ वटा लायन्स  क्लबहरु खुलि सकेकाछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here