गौरादहकी एक महिलामा कोरोना संक्रमण, समुदायमा फैलिएको हुनसक्ने भन्दै गरीयाे केही क्षेत्र सिल

0
595

गौरादह / झापाको गौरादह नगरपालिका १ की ६८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएपछि गौरादह नगरपालिकाको १ नम्बर केहि क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

केहि दिन अघि उपचारका लागि काठमाण्डौं गएकी महिलामा संक्रमण पुस्टि भएपछी समुदायमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सम्पूर्ण व्यापार व्यवसाय संगै आवागमन बन्द गरिएको गौरादह नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

गौरादह नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी वृद्ध महिलामा काठ्माडौंको पाटन हस्पिटलमा आज पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलने डर बढेको हो ।

घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट पूनः बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर बिर्तामोडमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि पूनः छोरा र बुहारीको साथमा ति वृद्ध महिलालाइ काठमाण्डौं लगिएको थियो । उपचारको लागि जाँदा ति महिलाको पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ति वृद्ध महिला बिरामी भएपछि उहालाई भेट्न दमक र भद्रपुर बाट आफन्तहरु आएको खुलेको छ ।

समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादह को चैतुचोक देखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखी पूर्वमा गोल्छा चोक सम्मलाई तत्कालका लागि आवत जावतमा निषेध गरिएको छ । भोली गौरादह-१ नवदुर्गा पेट्रोल पम्प छेउ का स्थानियबासी, संक्रमित महिला का परीवार, आफन्त हरुको पीसीआर परीक्षण गरिने गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए।

यस्तै भोलीबाट गौरादह बजारका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण पसलहरु बन्द गरिने जनाइएको छ । महिलाको सम्पर्कमा आउनेहरुको कन्टयाक्ट ट्रेसिङको कार्यहरु भइरहेको श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here