दुइ दिने रक्तदान कार्यक्रम सम्पन्न

0
389

झापा, २२ असार /  दमकमा दुइ दिने रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ  ।

आइतबार र साेमबार दमक रेडक्रस उपशाखा दमककाे भवनमा  लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट र लायन्स क्लब अफ दमक मिड टाउनकाे आयाेजनामा भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे हो ।

विभिन्न सामाजिक कार्यगर्दै आएका लायन्स क्लवहरूले  प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव दमक युनाइटेड अध्यक्ष प्रकाश गजमेरले बताए । कार्यक्रममा  ५६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक ३२५ ए वानका इन्टरटेन्मेन्ट चिफ बबर जंग थापा (किरण),लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट का अध्यक्ष दिनेश अग्रवाल,लायन्स क्लव अफ दमक युनाइटेडका पुर्व अध्यक्ष सन्दिप बस्नेत, दमक युनाइटेडका प्रथम उपाध्यक्ष साजन श्रेष्ठलगायतका  व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएका दमकका लायन्स क्लबहरूले दिनहु जस्तै  सामाजिक काम गर्दै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here