फरक ढंगबाट काम भई रहेको छ : वडा अध्यक्ष रामबहादुर धिमाल

0
677

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ९  का वडाध्यक्ष रामबहादुर धिमाल संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

तपाईले त विगतमा पनि वडासदस्य भएर काम गर्नु भएको हो, अहिले स्थानीय सरकारको वडाध्यक्ष भएर काम गर्दा के फरक पाउनु भयो ?
पहिले भन्दा त अहिले कहाँ हो कहाँ फरक छ नि । पहिले सवैकाम नगरपालिकाबाट हुन्थ्यो । तर अहिले त, हरेक स्थानीय तह स्थानीय सरकार भएका छन् । धेरैजसो काम वडातहबाटनै हुने गरेको छ । स्थानीय स्तर सम्ममानै संघीयता पुगेको अनुभूती भएको छ । अहिले विगत भन्दा फरक ढंगबाट काम भई रहेको अवस्था छ । सेवाग्राही स्थानीत तहका केन्द्र सम्म समेत नपुगि धेरैजसो सेवा पाउने अवस्था बनेको छ ।

यस वडामा विकासका कामहरु कसरी भई रहेका छन् ?
हामी मुख्य गरि पूर्वाधार निर्माणमानै केन्द्रित छौं । बजेटको ६५ प्रतिशत पूर्वाधारमानै खर्च भईरहेको छ । संघीय तथा प्रदेश सरकार मार्फत समेत विभिन्न योजनाहरु अहिले सञ्चालन भई रहेका छन् । खासगरि ठुला सडक निर्माणका कामहरु संघीय सरकार मार्फत भई रहेको छ । चियादोकान–सेतुमारी, प्रगती मार्ग, शान्तिचोक–बुद्धचोकसडकको काम भई रहेको छ । यस्तै वडाकै गौरवको योजनाको रुपमा सभागृह पनि धमाधम निर्माण भई रहेको छ । यसैगरि सीटीईभीटीको दमब बहुप्राविधिक शिक्षालय भवन र वडा कार्यालयको भवन पनि निर्माणको प्रकृयामा छन् । विभिन्न सडक स्तरीकरणको काम पनि भई रहेको छ । चन्द्रमा बालबाटिका पनि हामी बनाई रहेका छौं । यिसँगै कृषिको आधुनिकीकरण, शिप विकास लगायतका काम पनि भई रहेको छ ।

वडाबासीको माग र चाहना कस्ता योजनामा बढि पाउनु भएको छ ?
माग त पूर्वाधार निर्माणकै बढि आउने गरेका छन् । हामी प्राप्त श्रोत साधनले भ्याए सम्म त्यस तर्फ लाग्दै पनि आएका छौं । पूर्वाधार निर्माणसँगै कृषि क्षेत्रको विकास र व्यवसायीकताको पहल पनि भई रहेको छ । यस्तै शिप विकास, स्वरोजगारी सिर्जना लगायतका योजना पनि माग हुने गरेको छ ।

अब कस्ता योजनाहरु अघि सार्ने लक्ष्य छ ?
हाम्रो वडामा अझै पनि पूर्वाधार निर्माणका काम गर्न बाँकि छ । सडकहरुको स्तरीकरण, कालोपत्रे लगायतका काम गर्नु पर्ने छ । योसँगै स्वरोजगारी सिर्जना हुने, आत्मनिर्भर बन्ने योजनाहरु ल्याउने लक्ष्य रहेको छ । कृषिको आधुनिकीकरण र व्यवसायीक बनाउने, युवाहरुमा आत्मनिर्भरता अभिवृद्धी गर्ने, सामाजिक सशक्तिकरण अभिवृद्धी गर्ने जस्ता विभिन्न कार्यक्रमहरु वडाले गर्दै जाने छ । यस्तै संघ र प्रदेश मार्फत पनि विभिन्न योजनाहरु अघि बढ्ने हामीले आशा गरेका छौं ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here