प्रदेश १ काे चौतर्फी विकासका लागि मन्त्री कार्की सक्रिय

0
1296

नेपालमा बिषेशगरि नेताको जिबनशैलि, उनिहरुको सौख र महत्वकांक्षालाई लिए विभिन्न टीका टिप्पणि हुने गरेका छन । नेपालमा उच्च तहमा पुगेपछि महगों गाडि चढनुपर्ने देखि विभिन्न ब्राण्डेड सामान लगाउनुपर्ने र सकेसम्म भुईमा खुट्टा राख्नु नपरोस भन्ने सम्मका कृयाकलाप गरेको हामिले देखेका छौं ।

जनता समयमा जिबनजल खान नपाएर मर्नुपर्ने बाध्याता रहेको देशमा नेताहरुबाट हुने यस्ता कृयाकलापले धेरै नेपालीको मन अबस्य दुखेको छ , त्यतिमात्र नभएर यसबाट बर्तमान गणतान्त्रिक बेबस्थाप्रतिनै जनताको बितृष्णा बढदै गएको समेत स्पष्ट देखिन्छ । त्यसमा पनि सर्बहारा बर्गको नेतृत्व गर्छौ भन्दै जनताबाट भोट बटुलेर सत्तामा पुगेका पार्टिका नेताहरुले गर्ने यस्ता कृयाकलापले धेरै नेपालीहरुलाई अहिले पिरोलि रहेको छ । त्यसको उदाहरण संचार माध्यम, सामाजिक संजालमा र बेलाबेला सडकमैपनि प्रष्ट रुपमा देख्न सकिन्छ । यस्तो देखि रहदा कहिलेकाहीँ लाग्छ नेपालमा साधारण जिबनशैलि भएका उच्च ओहदामा कुनै मान्छे छैनन , नेता भनेका सबै भ्रष्ट हुन ।त्यतिमात्र नभएर जनताले आफ्नो दुस्ख सुखमा साथदिन भनेर चुनेका मान्छे भुईछोडेर धेरै माथि उडन थालेको महसुस गर्न थालिसकेका छन ।

देशको बर्तमान अबस्था र नेताहरुको कृयाकलापले निरास हुँदै गरेका जनतालाई हौसला दिने र यो बेबस्थाप्रतिको बिस्वास टिकाउन नेताहरु विशेष गम्भीर बन्नुपर्ने आबस्यकता देखिन्छ । देशका निरास हुँदै गरेका जनताकालागी एउटा आसा प्रदेश १का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कि हुन सक्छन । देशको विषम समयमा पनि उनले देखाएको सक्रियता र उनको साधारण जीवन शैली ले पक्कैपनि केही आसाबादि बनाउने ठाउँ छ ।

प्रदेश १ मा मुख्यमन्त्रि पछि शक्तिशालि मानिएका झापा गौरादह स्थाई ठेगाना भएका मन्त्रि हिक्मत कुमार कार्कि , यो विषम समयमा पनि आफ्नो अधिकांस समय जनता संग दुस्ख( सुख बाढदै बिताउछन। मन्त्रि कार्कि प्रदेश १ भित्र आयोजना हुने प्राय कार्यक्रममा पुगेकै हुन्छन । त्यहा उनको उपस्थिती मन्त्रिको हैसियतमा औपचारिकता निभाउन मात्रका लागी हुदैन , प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोग र दिनुपर्ने निर्देशन दुबै प्रभाबकारि रुपमा दिन्छन ।  त्यति मात्र हैन उनी एक किसानको छोरो भएकोले कृषि कर्ममा पनि उत्तिकै रुचि राख्नुका साथै कृषक संगै हातमाहात मिलाएर संगै काम समेत गर्छन ।

असार १४ गते आईतबार बिहान प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कि मन्त्रालय परिसर बिराटनगरमा आँपको बृक्ष रोप्दै थिए । त्यहा नेपाल सरकारको घोषणा अनुरुप राष्ट्रिय बृक्षारोपण दिवस साथै प्रदेश नं १ सरकारद्वारा प्रदेशब्यापी रुपमा आउदो दशक भरी फलफूल बृक्षारोपण गर्ने नीति अनुसार आँपको बृक्ष रोपण कार्यक्रमको सुरुवात गरिएको थियो । त्यस कार्यक्रममा उनले आफै बिरुवा रोप्ने ठाउँ बनाएर वृक्ष रोपण गरेका थिए । बृक्ष रोपन कार्यक्रमले बाताबरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउदै प्रदेशको गरिबी निवारण सकारात्मक योगदान गर्ने बताईएको छ ।

त्यस लगत्तै १४ गते नै मन्त्रि कार्कि जननेता क.मदन भण्डारीको जन्म जयन्ती को अबसरमा नेकपा मोरङको आयोजना र नेकपा रतुवामाई नगर कमिटीको ब्यबस्थापनमा गरिएको वृक्षरोपण कार्यक्रममा सामेल भए । उनि ईटहरा स्थित जननेता मदन भण्डारीको घर रहेको स्थान छेउमै पर्ने रतुवा खोला वगरको खाली जग्गामा बिरुवा रोप्न पुगेका थिए । त्यस्तै असार १५ अर्थात ूराष्ट्रिय धान दिवसू ुमानो रोपेर मुरी फलाउने दिनु, मन्त्रि कार्कि मानसरोवर कृषि सहकारी, दमक(३ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा भएको रोपाइँ कार्यक्रममा खेतमा देखिए । उनले त्यहा दिबसको औपचारिकता मात्र पूरा गरेनन , खेतमा पसेर मेसिनले धान समेत रोपेका थिए । त्यसपछि मनतब्य राख्दै नेपालमा कृषि क्षेत्रको विकास, कृषिमा आत्मनिर्भरता, आयात प्रतिस्थापन र रोजगारी प्रवर्द्धनका लागि व्यवसायिक, आधुनिक प्रविधि र यान्त्रिकरणको प्रयोगबाट उत्पादन र उत्पादकत्वमा वृद्धि गरि युवा पुस्तालाई कृषि क्षेत्रमा लाग्न प्रेरित र प्रोत्साहित गर्नुपर्नेू धारणा राखेका थिए ।

यी त उनका सक्रियताका केही उदाहरणहरु हुन । पछिल्लो समय मन्त्रि कार्कि अधिकांस समय जनता संगै हुन्छन । देशमा र बिषेशगरि प्रदेश१ मा कोरोनाको संक्रमण बढेपछि त अझ उनी सक्रिय देखिएका छन ।  विषम समयमा स्थानिय तहलाई राहत सहयोग साथै प्रदेशमा भारत लगायत , तेस्रो मुलुकबाट आउने नेपालिहरुकोलागि क्वारेन्टिन देखि लिएर उनिहरुको ब्याबस्थापनकालागी योजना बनाउने र निर्देशन दिने साथै बाढि रोकथाम र कृषकका समस्या समाधानकालागी उनले गरेका कामहरु प्रभाबकारि देखिएका छन ।

बिध्यार्थि जिबनदेखि राजनीतिमा लागेका र युवा , मन्त्रि कार्किको पछिल्लो समयको सक्रियता निकै महत्वपुर्ण यसकारण पनि छ कि , देशमा कोरोनाको महामारि फैलदो अबस्थामा छ । यस्तो विषम समयमा मन्त्रि जस्तो मान्छे सुरक्षाको कारण देखाएर मजाले आराम गरेर बस्न सक्थे। तर देशका अरु जिम्मेवार नेता र मन्त्रिहरु प्राय निष्क्रिय भएको बेला उनी अझ जनताप्रति उत्तरदायी भएर जिम्मेवारी पूरा गरिरहेका छन ।  देशलाई आबस्यक परेको बेला , जनताले अभिभावक खोजि रहेको बेला उनले जनतालाई देखाएको आसालाई किन्चित कम आक्न सकिँदैन । देशमा चौतर्फि निरासा छाईरहेको अबस्थामा उनको सक्रियताले प्रदेश १ का जनतालाई केही आसा अबस्य पलाएको छ । यस्तै मन्त्रिहरु अन्य केन्द्र , प्रदेश र स्थानिय तहमा हुने हो भने नेपालको बिकास ,समृद्दि साथै जनताको यस बेबस्था प्रतिको बिश्वास र उत्साह अबश्य बढ्नेछ ।

याे सामाग्री मिलन अधिकारी तयार पारेकाे हाे 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here