दमकमा एमसीसीकाे विराेधमा युवाहरू सडकमा, भन्छन् हामि चाँही पढेर एमसीसीकाे विराेध गर्न आएकाे (भिडियाे सहित )

0
474

झापा, १३ असार / प्रधानमन्त्रीको गृहनगर दमकमा एमसीसी विरुद्ध प्रदर्शन गरिएको छ । स्वतन्त्र युवाहरुको समुहले विभिन्न नारा लेखिएका  प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् ।

दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले मौन प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीको बारेमा पढेर नै विरोध गर्न आएको उल्लेख समेत गरेका छन् । उनीहरुले एमसीसीबारे बोल्नै पर्छ भन्दै आम नागरिकलाई खबरदारी पनि गरेका छन् ।

उनीहरुले बोकेको प्लेकार्डको नाराहरु: एमसीसी बारे बोल्नै पर्छ साँचो कुरा खोल्नै पर्छ, हामीलाई एमसीसी चाहिदैन लागु गर्न पाहिदैन, राष्ट्रघाती सम्झौता गर्न पाहिदै जस्ता थिए। एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा पनि दिएका छन् ।

आँफूहरु विकास विरोधी नभएको तर राष्ट्रघाती सम्झौता मान्य नहुने भएकाले यसको विरोधमा आएको प्रतिक्रिया दिए ।पछिल्लो क्रममा एमसीसीको विरुद्धमा देशभरी नै विरोध प्रदर्शन हुँदै आएको छ ।

 के भन्छन्  एमसीसीकाे विराेधमा  आएका युवाहरू

https://www.facebook.com/doonlinetv/videos/585487419007992/

https://www.facebook.com/nepalnewschannel/videos/891624528009768/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here